काठमाडौं– नेपाल प्रहरीका असइ तीन लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले असई रेशम खड्कालाई बालाजु बाइपासबाट पक्राउ गरेको हो ।
खड्काले सेवाग्रहीलाई घुस मागेर हैरान बनाएपछि अख्तियारमा उनको बारेमा उजुरी परेको थियो । पिडितले उनलाई काठमाडौको एक होटलमा बोलाएर घुस दिएलगत्तै अख्तियारमा खबर गरेका थिए ।
असई खड्का महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल शाखामा कार्यरत थिए । उनि यसअघि भैरहवामा घुमुवाको रुपमा कार्यरत थिए ।
प्रहरी स्रोतकाअनुसार खड्काले तत्कालिन रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकको घुमुवा भएर काम गरेका थिए । धानुक हाल काठमाडौं प्रहरी प्रमुखको रुपमा कार्यरत छन् । धानुक बढुवा भएर काठमाडौं आएसंगै खड्काको पनि काठमाडौं सरुवा भएको थियो ।
प्रतिक्रिया