गृहमन्त्रीज्यू, चिकित्सक कुट्नेमाथि कडाभन्दा कडा कारवाही होस् : सभापति लामिछाने

गृहमन्त्रीज्यू, चिकित्सक कुट्नेमाथि कडाभन्दा कडा कारवाही होस् : सभापति लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हेटौंडाको सन्चो अस्पतालमा गुण्डागर्दी शैलीमा चिकित्सक कुट्नेलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई सम्बोधन गर्दै सभापति लामिछानेले कारवाहीको माग गरे । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सभापति लामिछानेले लेखेका छन्, ‘चिकित्सक माथिको कुटपिट अराजकताको पराकाष्ठा हो । लापरबाही र जटिलता आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन । त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गर्दछु । चिकित्सक कुट्नेमाथि कडाभन्दा कडा कारवाही होस् । गृहमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’