काठमाण्डु- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । नाबालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको हो ।
जिल्ला अदालत काठमाण्डुका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको जनाइएको छ । अर्को सुनुवाईको मिति तोकिएको छैन ।
प्रतिक्रिया