संगठन स्थापनाको औचित्य पुष्टि भयो : सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ

संगठन स्थापनाको औचित्य पुष्टि भयो : सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीले स्थापना दिवसको अवसरमा यसवर्षको उत्कृष्ट हुने गण र सिमा सुरक्षा कार्यालयलाई सम्मान गरको छ । कार्यक्रममा प्रमुख अतिथी रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसवर्षको उत्कृष्ट गण रनिङ्ग अवार्ड प्राप्त गर्ने सशस्त्र प्रहरीको दक्षिणकाली गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुवँर र उत्कृष्ट सीमा सुरक्षा कार्यालय रनिङ्ग अवार्ड प्राप्त गर्ने सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ऋषीदेव कार्कीलाई अवार्ड प्रदान गरे ।

 

सोही समारोहमा संगठनमा लामो समय सेवा गरी अनिवार्य अवकाश पाएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित समेत भए ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सशस्त्रले स्थापनाको छोटो अवधिमै सशस्त्र प्रहरी बल नेपाल देश र जनताप्रतिको सेवा र समपर्णका कारण जनमानसमा परिचित रहेको चर्चा गर्दै  संगठनले यस अवधिमा स्थापनाको औचित्य पुष्टि गरिसकेको बताए ।  

सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु गरी ६० जनाले रक्तदान गरेका छन् ।

वर्षजवान घोषणा, उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी पुरस्कृत तथा सन्ततीलाई छात्रवृत्ति प्रदान

उक्त विशेष समारोह पश्चात सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उहाँले विभिन्न मितिमा अनिवार्य अवकाश प्राप्त गर्नुभएका सशस्त्र प्रहरी अधिकृतहरुलाई स–सम्मान विदाई गर्नुभयो ।

सो अवसरमा गत फागुनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राई, अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. कृष्णकुमार तामाङ, अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय दिवाकर के.सी. र नरेन्द्र कुमार सिंह लगायत अवकाश प्राप्त अधिकृतहरुलाई दोसल्ला र ताम्रपत्रसहित स–सम्मान विदाई गरिएको छ ।     

 

 

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले त्यसवअवसरमा बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका १७ जना परिवारलाई कदरपत्र तथा सशस्त्र प्रहरी बल नेपालमा वर्षभरी उत्कृष्ट कार्य गर्ने ११ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै विभिन्न समयमा नेपाल सरकारबाट विभिन्न विभूषणद्वारा विभूषित ३० जना एपीएफ अधिकृत तथा जवानहरुलाई उक्त विभूषणद्वारा शुशोभित गर्नुभयो ।

 

अमर सशस्त्र प्रहरी कर्मचारीका ३२ जना सन्ततीहरुलाई सोही अवसरमा जनही २४ हजार रुपैयाँको दरले छात्रवृत्ति रकम प्रदान गरिएको छ । २०७३ सालको एसइइ परीक्षमा देशभरका सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक हासिल गर्ने वाहालवाला, अवकाश प्राप्त र बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका १० जना सन्ततीलाई समेत त्यस अवसरमा छात्रवृत्ति रकम प्रदान सशस्त्रले  जनाएको छ ।

 

सशस्त्र प्रहरी महानिरीक्षक र श्रेष्ठले यस वर्ष ‘वर्ष जवान २०७४’ हुन सफल सशस्त्रको नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी जवान डिल्ली भट्टराईलाई ‘वर्ष जवान’ ट्याग प्रदान गर्नुका साथै नगद १० हजार रुपैयाँसहित पुरस्कृत गर्नुभयो । यसरी घोषित वर्ष जवानलाई युएन मिसनमा समावेश गर्नुका साथै निजको एक सन्ततीलाई वार्षिक १२ हजार रुपैयाँका दरले १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिनेछ ।

 

यसवर्षको उत्कृष्ट गुल्म रनिङ्ग अवार्ड प्राप्त गर्ने सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुला र उत्कृष्ट बोर्डर आउट पोष्ट घुस्की सुनसरीलाई सोही अवसरमा अर्वाड प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यमा सहयोग पु¥याउनुहुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड् बालाजुका अध्यक्ष एवं महाप्रबन्धक नन्द किशोर बस्नेतलाई सोही अवसरमा सशस्त्र प्रहरी माहानिरीक्षक श्रेष्ठले कदरपत्र प्रदान गर्नुभयो ।