सभापति रवि लामिछाने ३ दिन रोल्पामा खटिने, नेताहरू जिल्ला–जिल्लामा परिचालन

सभापति रवि लामिछाने ३ दिन रोल्पामा खटिने, नेताहरू जिल्ला–जिल्लामा परिचालन


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुझाव संकलनका लागि केन्द्रीय नेतालाई ३ दिन जिल्ला–जिल्लामा खटाउने निर्णय गरेको छ ।

केन्द्रबाट खटाइएका १९ जना नेताले ३ दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

रास्वपा सभापति रवि लामिछाने रोल्पा जिल्लामा खटिने भएका छन् । उपसभापति डोलप्रसाद अर्याल पर्सा, महामन्त्री ढकाल कालिकोट खटिनेछन् ।

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बैतडी, सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुंगा खटिने जनाइएको छ ।

केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपीन आचार्य संखुवासभा, डा. तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहटमा खटिने महामन्त्री ढकालले जानकारी दिए ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शंकर श्रेष्ठ इलाम खटिनेछन् ।

सुझावलाई रास्वपाले पार्टीका दस्तावेजमा समेट्ने महामन्त्री ढकालले बताए ।