काठमाडौं– एमालेले माघ २४ गते तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
बालकोटस्थित पार्टी अध्यक्ष केपी ओलीको निवासमा मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रदेश २ र ३ बाहेकबाट उम्मेदवारको नाम टुंगो लगाएको हो।
वाम गठबन्धनसँगको सहकार्य अनुसार एमालेले ५६ मध्ये २९ सिटमा आफ्नो उम्मेदवार उठाउनेछ।
एमाले स्थायी कमिटी बैठक पनि जारी छ ।
प्रदेश १
–हरिचरण सिवाकोटी, पर्शुराम मेघी गुरुङ, खेम नेपाली, नैनकला ओझा र अगम वान्तवा
प्रदेश २
हालसम्म सुमन प्याकुरेल मात्र चयन।
प्रदेश ४
–गणेश तिमल्सिना, शान्ति अधिकारी, दीपा गुरुङ, रामबहादुर थापा।
प्रदेश ५
–रामलखन हरिजन, खिमलाल भट्टराई, मीना बुढा र कोमल वली
प्रदेश ६
कविता बोगटी, नन्दा शर्मा, नरपति लोहार, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी।
प्रदेश ७
–कमला ओली, इन्दु कडेरिया बिष्ट, शेरबहादुर कुँवर र चक्रप्रसाद स्नेही
प्रतिक्रिया