प्रहरीमा तीस वर्षे हटाउन आर्थीक चलखेल : अध्यादेश ल्याएर सेवाअवधी हटाउने तयारी

प्रहरीमा तीस वर्षे हटाउन आर्थीक चलखेल : अध्यादेश ल्याएर सेवाअवधी हटाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक लाभका आधारमा नेपाल प्रहरीको तीस बर्से सेवा अवधी हटाउने गृहकार्य अन्तिम चरणमा पुर्याएका छन । पत्नी आरजु राणा देउवाले मागेबमोजिम ५ करोड रुपैया बुझाउन प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालका ब्याजमेट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरु तयार भएपछि संघीय प्रहरी ऐन अध्यादेश ल्याएर प्रहरीमा तीस बर्से सेवा अवधी हटाउन गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवाले अन्तिम गृहकार्य गरेका हुन ।

 

निर्वाचनमा शर्मनाक पराजय बेहोरे पनि सत्तामा बसेर चरम आर्थिक अनियमितता गर्दै आएका देउवाले मंगलवार प्रहरीको तीस बर्से सेवाहद हटाउने बिषयको जानकारी दिन एआइजी जयबहादुर चन्द र हेमन्तबहादुर पालसहितका आफूनिकटलाई बालुवाटार बोलाएका थिए । प्रधानमन्त्रीको निर्देशनअनुसार घाइते भएपनि खुट्टामा ब्याण्डेज लगाएर खोच्याउँदै एआइजी चन्द र पाल बालुवाटार पुगेको स्रोतले बतायो ।

 

स्रोतका अनुसार बालुवाटारमा आरजुसहितको छलफलमा दुवै एआइजीले ५ करोड बुझाउने बताएपछि प्रधानमन्त्री देउवाले अव बस्ने मन्त्रिपरिषदबाट अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने भन्दै एमाले र माओवादी नेतृत्वलाई मनाउन भनेका छन ।देउवालाइ एमाले मनाउन आइजीपी प्रकाश अर्याल र एआइजी पालले जिम्मा लिएका जानकारी चन्दले गराएका थिए । यस्तै एआइजी बिजय भट्टले माओवादी नेतृत्व मनाउने जानकारी देउवालाई दिइएको छ ।

 

बालुवाटारबाट फर्केलगत्तै जयबहादुर चन्द र हेमन्तबहादुर पालले प्रतिब्यक्ति १० लाखका दरले पैसाउठाउन लगाएका छन । प्रहरी प्रधान कार्यालयस्थित एक डिआइजीका अनुसार चन्द र पालले आरजुलाइ आजसम्म ५ करोड बुझाउनु पर्ने भन्दै १५ जना एआइजीबाट १० लाखका दरले पैसा उठाउने जिम्मा एआइजी केशरीराज घिमिरे र बिजयकुमार भट्टलाइ दिएको छन । घिमिरे र भट्टले पैसा उठाइ सकेको स्रोतले बतायो ।

 

प्रहरी ऐन संशोधन नभए आइजीपी प्रकाश अर्यालसहित एआइजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय,केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङ्गमार लामा, रण बहादुर चन्द, बिजयकुमार भट्ट, हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ र माधवप्रसाद नेपाल आगामी चैत्र २८ गते ३० बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउदैछन । उनीहरु सबै जना २०४४ चैत्र २९ गते प्रहरीनिरीक्षकबाट सेवाप्रवेश गरेका थिए ।

 

अहिले ३० बर्षे सेवाहद हटाएर उमेर हद र पदावधीको आधारमा अवकाश पाउने प्रावधान राखिएको संघीय प्रहरी ऐन सम्बन्धि अध्यादेश पारित गर्न सकेमा आइजीपी अर्यालको जागिर दुइ बर्ष लम्बिन्छ भने सबै एआइजीहरुको जागिर अवधिकरिब २ बर्ष नै लम्बिन्छ । प्रस्तावित संघीय प्रहरी ऐनमा सेवाहदका आधारमा पाउने अवकाशको ब्यबस्था हटाएर उमेर हद र पदावधिको आधारमा अवकाश पाउने ब्यबस्था गरिएको छ । स्रोतका अनुसार आइजीपीको लागि उमेर ६० बर्ष र पदावधि ३ बर्ष, एआइजीको लागि उमेर ५९ बर्ष र पदावधि २ बर्ष,डीआइजीको लागि उमेर हद ५८ बर्ष र पदावधि ५ बर्ष, एसएसपीको लागि उमेर हद ५७ बर्ष पदावधि ६ बर्ष कायम गरिएको आजको सौर्य दैनिकमा समाचार छ ।

 

यो प्रयाश सफल नभएमा डीआइजीहरु गोविन्द प्रसाद निरौला, रोमेन्द्र प्रसाद देउजा, सुदिप आचार्य, गणेश केसी, रमेश कुमार भट्टराई, केदारमानसिंह भण्डारी, भोग बहादुर थापा, पुष्कल राज रेग्मी, पुष्प चन्द्र रंजित र एसएसपी कृष्ण प्रसाद गौतम र विष्णुहरी गौतमले समेत आगामी चैत २९ मा तिस बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउदैछन । उनीहरु सबै आइजीपी अर्यालका ब्याचमेट हुन । तीस बर्शे हटेमा उनीहरुको जागिर अवधि पनि केहि बर्ष लम्बिन्छ ।

 

यस्तै डीआइजीहरु उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानबिक्रम शाह, शरद चन्द, एसएसपीहरु श्यामबहादुर खत्री, रबिन्द्र प्रसाद शर्मा, प्रेम चन्द, श्याम खड्का र मोहनराज जोशीले आगामी असार २९ मा ३० बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने छन । उनीहरु २०४५ असार ३० मा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए । आजको सौर्य दैनिकमा समाचार छ ।