कीर्ते मुद्दा हारेपछि सर्वाेच्च अदालतमा अख्तियारको पुनरावेदन

कीर्ते मुद्दा हारेपछि सर्वाेच्च अदालतमा अख्तियारको पुनरावेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा हारेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

नक्कली बिल भरपाई बनाएर ४ लाख ६४ हजार १६१ रुपैयाँ २५ पैसा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले जिल्ला विकास समिति सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरे पनि विशेष अदालत काठमाडौंले दाबी नपुग्ने भन्दै प्रतिवादीलाई सफाइ दिएको थियो ।

विशेषको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

पुनरावेदनमा अख्तियारले आरोपीहरू दोषी ठहर हुनुपर्ने मागदाबी राखेको छ ।