प्रधानमन्त्री प्रचण्डद्वारा कैलाश पर्वतको भ्रमण

प्रधानमन्त्री प्रचण्डद्वारा कैलाश पर्वतको भ्रमण


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शन गरेका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्डले आज ल्हासास्थित गंगा विमानस्थलबाट तिब्बत एयरलाइन्सबाट कैलाश पर्वतका लागि उडेका थिए । प्रधानमन्त्री प्रचण्ड बुधबार चीनको बेइजिङबाट तिब्बत पुगेका थिए ।

उनीसँगै रहेका भ्रमण दलका सदस्य पनि कैलाश पर्वत पुगेका छन् ।

ल्हासामा रहँदा उनले द्विपक्षीय भेटघाट गर्नुका साथै त्यहाँको पोतला दरबार र ऐतिहासिक मन्दिरको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । उनी शनिबार चीनको छेन्दुबाट काठमाण्डु फर्किने कार्यतालिका छ ।