रुकुम पश्चिमको सल्ले विमानस्थलबाट हवाई उडान सेवा सुरु

रुकुम पश्चिमको सल्ले विमानस्थलबाट हवाई उडान सेवा सुरु


मुसिकोट- रुकुम पश्चिम -सल्ले विमानस्थलबाट आइतबारदेखि फेरि हवाई उडान सेवा सुरु भएको छ ।

तीन महिनादेखि रोकिएको उडानसेवा अाइतबारदेखि काठमाडौं – रुकुम –नेपालगञ्ज उडान गरेर नियमित भएको हो । अबदेखि जहाजले काठमाडौं र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा एकरएक दिन उडान गर्ने सल्ले निगमका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिए ।

उनका अनुसार नेपाल वायुसेवा निगमको जहाजले आइतबार काठमाडौं –रुकुम– नेपाजगञ्ज र सोमबार नेपालगञ्ज – रुकुम – काठमाडौँ उडान गर्ने भएको छ । यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपूग र मर्मत गर्नुपर्ने भएकोले नियमित सेवा अवरुद्ध भएको थियो ।

दशैं तिहार नजिकिंँदै गर्दा हवाईसेवा पनि नियमित भएपछि रुकुम पश्चिम तथा पूर्वका यात्रु खुशी भएका छन् । रुकुमको सल्लेबाट उडान सुरु भए पनि जिल्लाको अर्को विमानस्थल चौरजहारीमा भने अझै उडान शुरु भएको छैन । चौरजहारी विमानस्थल करीब १६ महिनादेखि हवाईसेवा बन्द भएको छ