टी–२० विश्वकप छनोट : थाइल्याण्डद्वारा नेपाललाई ब्याटिङको निम्तो

टी–२० विश्वकप छनोट : थाइल्याण्डद्वारा नेपाललाई ब्याटिङको निम्तो


काठमाडौं – आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपाललाई थाइल्यान्डले ब्याटिङको निम्तो दिएको छ ।

मलेसियाको बायुमासमा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनौट समूह ‘बी’ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालले यसअघिका दुई खेलमा जित निकालेको छ ।

नेपालले अघिल्लो खेलमा मलेसियालाई ८ विकेट र म्यानमारलाई पनि ८ विकेटले हराएको थियो।