इन्जिनीयर रानाभाटविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दर्ता

इन्जिनीयर रानाभाटविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दर्ता


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय दाङका इन्जिनीयर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रानाभाटको ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

अख्तियारले २०४६ असार ३० गते सेवा प्रवेश गरेका उनको २०७९ कात्तिक ६ गतेसम्मको आय–व्ययको विश्लेषण गरेको छ । उनले अस्वाभाविक जीवनयापन, हैसियतभन्दा बढी रकम बराबरको शेयर, जग्गा खरिद गर्नुका साथै घर बनाएको, बैंक तथा वित्तीय संस्थामा रकम राखेको पाइएको छ ।

विशेष अदालत काठमाण्डुमा दायर मुद्दामा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको आरोप लगाइएको छ ।