पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि

पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि


काठमाडौं – मन्त्रिपरिषद बैठकले श्रमजिवी पत्रकारको न्युनतम तलब कम्तिमा २५ प्रतिशतले वृद्धि गर्ने गरि निर्धारण गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब वृद्धि गर्ने निर्णय गरेको हो ।  वृद्धि भएको तलब कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यममा लागू हुने सरकारका प्रवक्तासमेत रहेका गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उल्लेख गरेका छन्।

 यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेकोमा अब २४ हजार ३ सय भन्दा कममा पत्रकारलाई काममा लगाउन नपाइने भएको छ । विगत ३ वर्षयता पत्रकारको तलब समायोजन हुन सकेको थिएन।