काठमाडौं– राष्टियसभा सदस्यमा १७ जना निर्विरोध भएका छन्।
माघ २४ गते हुने निर्वाचनबाट ५६ जना निर्वाचित हुने भएपनि बुधबार मनोनयन दर्ताका दिन १७ जना सांसद निर्विरोध निर्वाचित भएका हुन्। यद्यपी, निर्वाचन आयोगले घोषणा भने निर्वाचन पश्चात मात्र गर्नेछ।
बाँकी ३९ सांसदका लागि भने २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ ।
बुधबार सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ।
यी हुन् निर्विरोध बनेका सांसद
प्रदेश १
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)
प्रदेश २
शशिकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस)
प्रमिला यादव (फोरम)
रामप्रीत पासवा (फोरम)
वेषशचन्द्र लाल (राजपा)
प्रदेश ५
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)
प्रदेश ७
शेरबहादुर कुँवर (एमाले)
हरिराम चौधरी (माओवादी)
बद्री पाण्डे (कांग्रेस)
तारादेवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)
प्रतिक्रिया