शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो


काठमाण्डु – हप्ताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

शेयर बजार १३.१८ अंकले बढेर १८६४.६२ विन्दुमा पुगेको छ ।

आज मंगलबार व्यापार, निर्जीवन बीमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ । यसमध्ये सबैभन्दा धेरै फाइनान्स उपसूचकको १.३० प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार कूल २८९ धितोपत्रको ४५ हजार ४५६ कारोबारबाट ३८ लाख १३ हजार २३३ कित्ता शेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ८४ लाख रुपैयाँको कारोबार भएको छ ।