नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेप्से परिसूचक आज मंगलबार १४.२९ अंकले घटेको छ ।

घटेपछि नेप्से १ हजार ८६४.४० बिन्दुमा बन्द भएको छ । मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

सोमबार ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार रकम घटेर ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँमा सीमित भएको छ ।

मंगलबार २८६ वटा धितोपत्रको २२ लाख ५८ हजार १८७ कित्ता शेयर किनबेच भएको छ । मंगलबार महुली लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.०५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७७१ रुपैयाँ पुगेको छ ।

एभरेस्ट बैंकको डिवेञ्चरको मूल्य ३.९० प्रतिशतले बढेको छ । डिवेञ्चरको मूल्य ८२६ रुपैयाँ कायम भएको छ ।

शेयर मूल्य सर्वाधिक घट्नेमा सोनापुर मिनरल्स रहेको छ । कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २५५ रुपैयाँ २० पैसामा पुगेको छ ।

मंगलबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ४८० रुपैयाँमा १ करोड ७० लाख बराबरको शेयर कारोबार भएको छ ।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । कम्पनीको प्रतिकित्ता ५१५ रुपैयाँमा १ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ । जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.४६ प्रतिशतले घटेको छ ।