निर्णायक खेलमा शुक्रवार नेपालले यूएईसँग भिड्दै, को पुग्ला विश्वकपमा ?

निर्णायक खेलमा शुक्रवार नेपालले यूएईसँग भिड्दै, को पुग्ला विश्वकपमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अन्तर्गत सेमिफाइनल खेल युएईसँग खेल्ने भएको छ । अन्तिम खेलमा ओमानसँग ५ रनले हारेपछि नेपाल समूह एको उप(विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो।

यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। खेल मुलपानी मैदानमा शुकबार हुनेछ । उक्त खेलमा विजयी भएमा नेपालले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।

नेपाललाई फाइनल प्रवेश मात्र हैन विश्वकपमा छनोट हुन समेत शुक्रबारको खेल महत्वपुर्ण छ । छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले शुक्रबारको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण छ ।

नेपालले समूह बीको विजेता यूएईलाई सेमिफाइलनको प्रतिद्धन्दीको रुपमा पाएको हो । नेपालले समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित भएको हो ।

नेपालले जितको लागि १ सय ४६ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएपनि निर्धारित २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो । नेपालका युवा फिनिसर विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

अन्तिम ६ बलमा जितको लागि २६ रन चाहिँदा विवेकले बिलाल खानलाई सुरुवाती तीन बलमा लगातार तीन छक्का हान्दै जित नजिक पुर्याएका थिए । तर चौथो बलमा आउट भएपछि जिताउन सकेनन् ।