तिहारअघिका सबै सार्वजनिक कार्यक्रम स्थगित गर्ने कांग्रेसको निर्णय

तिहारअघिका सबै सार्वजनिक कार्यक्रम स्थगित गर्ने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले जाजरकोट भूकम्पका कारण सिर्जित परिस्थितिका कारण तिहारअघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

पार्टीले महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम जारी रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु/गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ ।’

भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा आम नागरिकहरू घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको भन्दै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल गरेको छ ।