बनमन्त्री बस्नेत बेलायत प्रस्थान

बनमन्त्री बस्नेत बेलायत प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अंगप्रत्यंग (आखेटोपार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राति बेलायत प्रस्थान गरेका छन् ।

सम्मेलन बिहीबार र शुक्रबार बेलायतको राजधानी लण्डनमा हुँदैछ । आखेटोपार व्यापारका लागि अवैध वन्यजन्तुको शिकार हुने गरेकाले सोकार्य रोक्ने उद्देश्यले हुन लागेको यो चौथो सम्मेलन हो । सम्मेलनमा एसिया, युरोप र अफ्रिकासहित विभिन्न ५० मुलुकका करिब एक हजार पाँचसय प्रतिनिधि सहभागी हुनेछन् ।

मन्त्री बस्नेतले बिहीबार सम्मेलनको उदघाटन शत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै शुक्रबार उनले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुख सहभागी हुने निस्कर्ष बैठकमा समेत मन्तव्य दिनेछन् । नेपालले यसपटक पनि वन्यजन्तुको अवैध शिकार रोक्न अंगप्रत्यंगका अवैध ओसारपसार नियन्त्रणमा थप कडाई गर्नुपर्ने अडान दोहो-याउने छ । वन्यजन्तुको अंगप्रत्यंगको अवैध व्यापार विश्वमा हुने चौथो ठूलो अपराधका रुपमा रहेको छ ।

विश्वमा कस्तुरी मृगको विना, गैंडाको खाग, हात्तीको दाह्रा, बाघ तथा चितुवाका छाला, नंग्रा र खप्पर, भालुको पित्त, सालकको खपटा, कृष्णसार, जरायो, चित्तल, घोरल र रतुवाको खप्पर तथा सिङ र स्तनधारी र वन्यजन्तुका रौंको अवैध ओसारपसार हुँदै आएको छ । साइटिस सन्धिको पक्षराष्ट्र भएकाले अनुसार त्यस्ता वस्तुको बिक्रीवितरण गर्न नमिल्ने भएका कारण नेपालले चितवनको टिकौली र कसरामा वर्षौंदेखि जम्मा पारेर राखिएका ठूलो परिमाणका आखेटोपार करिब दुई वर्षअघि जलाएको थियो ।