रामवीरको राजीनामा चरम राजनीतिक अनिष्टको संकेतः डा.भट्टराई

रामवीरको राजीनामा चरम राजनीतिक अनिष्टको संकेतः डा.भट्टराई


काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं-७ बाट रामवीर मानन्धरलाई राजीनामा गराएर उपनिर्वाचन गर्दै वामदेव गौतमलाई जिताउन चुनाव गर्नु लोकतन्त्रको भ्रष्टीकरण भएको प्रतिक्रिया दिएका छन् ।

उनले यसलाई आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत भएको भन्दै सबैलाई होस र्पुयाउन आह्वान गरेका छन् । ‘काठमाडौं-७ का निर्वा्चित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा र्पुयाउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो,’ भट्टराईले ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनी अगाडि लेख्छन ”बेलैमा होस र्पुयाऔं । दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौं ।’

काठमाडौं क्षेत्रनम्बर ७ बाट निर्वा्चित सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर त्यहाँ हुने उपनिर्वाचनमा वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी नेकपाले गरेको छ ।

सांसद मानन्धरले मंगलबार पत्रकार सम्मेलन गरेर आफूले वामदेवका लागि राजीनामा दिन लागेको बताएका थिए । रामवीरलाई राजीनामा वामदेवलाई चुनाव लडाउने विषयले अहिले व्यापक चर्चा पाएको छ । यसको पार्टी्भित्र र बाहिरबाट विरोध र समर्थनमा आवाज उठाउन थालिएको छ । रामवीर मानन्धरले भने : वामदेव गौतमलाई काठमाडौं ७ बाट जसरी नि जिताएर पठाउँछु