गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री प्रचण्ड

गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थवाङ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पाको मुहार परिवर्तन हुँदै गएको बताएका छन् ।

शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेबल पुलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ । महान् जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ । त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ । विकासका कामहरू अगाडि बढेका छन् । जिल्लाको मुहार फेरिँदैछ ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले सहिद स्मृति सडक निर्माणको काम, कृषिका लागि सहयोग, उत्पादनमूलक नमूना कृषि प्रोजेक्ट लगायत जुन विषय उठाउनुभएको छ, ती महत्त्वपूर्ण छन् । त्यसलाई मैले गम्भीरतापूर्वक लिएको छु, पूरा गर्छु ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य वर्षमान पुन लगायतले सम्बोधन गरेका थिए ।