माओवादी नेता वर्षमान पुनको स्वास्थ्यमा चमत्कार

माओवादी नेता वर्षमान पुनको स्वास्थ्यमा चमत्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्तको स्वास्थ्यमा ठुलो समस्या नदेखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

 

जन्डिसबाट पीडित अनन्त डाक्टरको सुझाव अनुसार स्वास्थ्य परीक्षण गराउन बुधबार  थाइल्याण्डको बैंकक गएका थिए ।

 

उनको जन्डिस रोग निको हुंदै गएको छ । चिकित्सकले ६ महिनापछि परीक्षणका लागि बोलाएका छन । भारत र नेपालमा लामो समयसम्म उपचार गर्दा पनि रोग निको नभएपछि नेता अनन्तको थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गरिएको हो ।

 

 उनलाई चिकित्सकले लगातार फ्लोअपमा आउन सल्लाह दिएका छन् ।

 

निवर्तमान सभामुख तथा पत्नी ओनसरी घर्तीसंगै गत बुधबार बैंकक गएका उनी सोमबार नेपाल फर्किनेछन ।