काठमाण्डु – अखिल नेपाल फूटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको दोस्रो चरणको खेलमा यूएईविरुद्ध खेल्ने नेपाली टीमको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार अन्तिम टोली घोषणा गरेका छन् । बिहीबार यूएईसँग खेल्न नेपाली टीम आइतबार प्रस्थान गर्नेछ ।
नेपालले मंसिर ५ गते दशरथ रंगशालामा यमनसँग खेल्नेछ । नेपालको समूहमा बहराइन पनि रहेको छ ।
नेपाली टीममा गोलकिपर किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल, डिफेन्डर सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ, मिडफिल्डर लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल तथा फरवार्ड अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार रहेका छन् ।
विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’मा प्रतिस्पर्धा गर्दैछ । समूहमा नेपालसँगै युएई, बहराइन र यमन छन् ।
प्रतिक्रिया