कफी पिउँदा के हुन्छ ? जानी राखौं

कफी पिउँदा के हुन्छ ? जानी राखौं


एजेन्सी – सहि तरिकाको कफि सेवनले मानव शरिरमा धेरै फाइदा पुर्‍याउंछ कफिको दैनिक सेवनले आलस्यता टाढा भाग्छ । दैनिक कफि सेवन गर्ने मानिसको स्वास्थमा कफिले धेरै नै सकरात्मक असर पार्छ ।

यसले शरीरको तौल, डायबेटिजलाई काम गर्ने, लिभरको सुरक्षा गर्ने, पाचन शक्तिमा सुधार गर्ने र केही प्रकारका क्यान्सरको प्रतिरक्षा गर्ने काममा पनि मद्दत र्पुयाउँछ । साथै यसले मुटु रोगबाट पनि बचाउँछ । कफि स्वादमा जति मिठो हुन्छ यसको फाइदा पनि त्यति नै धेरै हुन्छ ।

कफि सेवन छाला तथा मुटुको लागी फाइदाजनक हुनुको साथै सुगरका बिरामीहरुका लागी पनि फाइदाजनक हुन्छ। साथै, दिनमा ४-५ कप कफी पिउनु राम्रो मानिन्छ । गर्भवती महिलाले मात्र १ कप पिएको नै राम्रो हुन्छ । प्रेसरका बिरामिले पनि धेरै कफी पिउनु राम्रो हुदैन।

बेलायतको द वर्ल्ड क्यान्सर रिसर्च फण्डले गरेको शोधमा कफिले सर्वाइकल लिवर क्यान्सरको खतरालाई कम गर्ने देखिएको छ । यद्यपि, यस शोधमा यी कुरालाई प्रमाणित गर्ने पर्याप्त प्रमाणहरु नभएको शोधमा संलग्न विज्ञहरु बताउँछन् । तर विज्ञहरुले दिनमा तीनपटकसम्म कफि सेवन गर्ने बानीले क्यान्सरको खतरालाई पचास प्रतिशत कम गर्ने बताएका छन् । कफिको सेवनले हेप्टोसेल्युलर कार्सिनोमा एचसीसीको खतरा पनि कम हुने बताइन्छ । यो एक आम प्रकारको लिवर क्यान्सर हो ।

दमजस्तो श्वासको बिमारका लागि कफि लाभदायक हुने बताइएको छ । कफिमा पाइने कैफिन र थियोफायलिन नामका तत्वले दमबाट ग्रसित बिमारीहरुको स्वासको गतिलाई ठीक राख्छ । २०१२ मा प्रकाशित एक अनुसन्धान प्रतिवेदनको अनुसार नियमितरुपमा कफि सेवन गर्ने मानिसलाई पार्किंसन बिमारीको खतरा पनि कम हुन्छ । नेचर न्युरोसाइन्स नामक पत्रिकामा प्रकाशित एक रिपोर्टको अनुसार कफिको सेवनले मस्तिष्कको क्षमता पनि बढ्ने र स्मरणशक्ति बढाउनका लागि सहायक हुने उल्लेख छ ।

ब्लैक कफि स्वास्थका लागि सधै असल मानिन्छ । यसमा कैलोरीको मात्रा धेरै कम हुन्छ र यसमा कैल्शियम र पोटाशियम जस्ता पोषक तत्व पाइन्छ । मधुमेहका रोगीका लागि चिनी बिनाको ब्ल्याक कफि निकै फाइदाजनक हुन्छ ।

ग्रीन कफि कुनै फरक प्रकारको कफि हुँदैन । यो बन्नका लागि सामान्य कफिको बियाको प्रयोग गरिन्छ । कफिको बियालाई नभुटेपछि यो हरियो नै रहन्छ । यही बियाले ग्रीन कफि तयार हुन्छ । यस्ता बियामा विशेष किसिमका क्लोरोजेनिक एसिड हुन्छ जुन कफिको बियालाई भुट्दा नास भएर जान्छ । वैज्ञानिकले त्यो तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताइएको छ ।