काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने कुरामा सहमति नरहेको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्षीय र विपक्षी सबै दलको सहमतिमा टिकटक बन्द गरिएको अभिव्यक्ति दिएपछि सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् ।
टिकटक बन्द गर्ने सन्दर्भमा आफूसहित रास्वपाका कुनै पनि नेतासँग सहमति नभएको उनले जनाएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपूर्ण अभिव्यक्ति दिनुभयो । टिकटक बन्द गर्ने सन्दर्भमा सत्तापक्षीय र विपक्षी सबै दलको सहमति र छलफलपछि निर्णयमा पुगेको बताउनुभयो । म लगायत रास्वपाका कुनै नेतासँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन, छँदै छैन । प्रधानमन्त्रीज्यूले यो गलत अभिव्यक्ति सच्याउनु हुनेछ र कुन–कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुने छ भन्ने विश्वास लिएको छु ।’
प्रतिक्रिया