काठमाडौं – नेकपाका स्थायी समीति सदस्य भिम रावलले नेकपाकै सचिवालय सदस्य बामदेव गौतम चुनाव लड्न लागेको भन्ने समाचारप्रती असन्तुष्टी जनाएका छन् ।
नेता गौतम काठमाडौं ७ बाट चुनाव लड्ने समाचार सार्वजनिक भएलगत्तै रावलले त्यसमा असन्तुष्टी पोखेका हुन् । पुर्व रक्षा र गृहमन्त्री समेत भइसकेका नेता रावल हाल नेकपाको ७ नम्बर प्रदेशका ईन्चार्ज समेत हुन । उनले पछिल्लो समय पार्टी संस्थागत ढंगले चल्न छाडेको बताउंदै आएका छन् ।
रावलले गौतमको चुनाव लड्ने निर्णयको सामाजिक संजाल टिवटर मार्फत विरोध जनाएका हुन् । उनले ट्विटरमा लेखेका छन् ‘विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टि स्थायी कमिटीमा छलफल अत्यावश्यक छ । राष्ट्रिय र पार्टि जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा छलफल बिना निहित स्वार्थ र आवेगले निष्कर्ष निकाल्ने काम कतै नहोस् ।’
गौतमको चुनाव लड्ने निर्णयको नेकपामा चर्को विरोध भएको छ । बहालवाला रक्षामन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले समेत सचिवालयको बैठकमा उक्त निर्णयको विरोध गरेको स्रोतको दाबी छ ।
रावल र गौतमजस्ता नेता दुवै विरोधमा भएको अवस्थामा गौतमको पक्षमा निर्णय हुन कठिन रहेको नेकपामा चर्चा छ ।
प्रतिक्रिया