युद्धका वास्तविक घाइतेमाथि अपांग नै नभएको संगीन आरोप

युद्धका वास्तविक घाइतेमाथि अपांग नै नभएको संगीन आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–माओवादी जनयुद्धका बेला पटक–पटक गोली खाएका माओवादीको तत्कालीन सातौं डिभिजनका सहायक कमाण्डर जीवन बुढामाथि अपांग नै नभएको संगीन आरोप लगाइएको छ ।

 

 

प्रदेश नंं. ६ मा राष्ट्रियसभा अपांगतर्फबाट उम्मेदवार बनेका पूर्व लडाकू कमाण्डर बुढामाथि नेपाली कांग्रेसका उम्मेदवार गोपालप्रसाद शर्माले आफू हार्ने निश्चित भएपछि यस्तो संगीन आरोप लगाएका हुन् ।

 

 

उनले बुढाका विरुद्ध निर्वाचन कार्यलयमा उजुरी दर्ता गराइसकेका छन् ।  ‘निर्वाचन आयोगले प्रमाण मागेको थिए, मैले सबै प्रमाणहरु पेश गरिसकेको छु,’ बुढाले भने ।
कालिकोटको सामान्य किसान परिवारमा जन्मिएका बुढा माओवादी जनयुद्धमा दर्जनौ युद्धको नेतृत्व गरेका ब्यक्ति हुन् ।

 

 

 

उनको हगुल्टेमा भएको भिडन्तमा दायाँ खुट्टामा गोली लागेको थियो । जसका कारण उनी लामो समयसम्म खुट्टा हिड्न सकेका थिए । लामो उपचारपछि अझै पनि उनको खुट्टा पहिलेको सामान्य अवस्थामा फर्किसकेको छैन् ।

 

 

यसैगरी पहिलो खारा भिडन्तमा पनि उनी गम्भीर घाइते भएका थिए । त्यस्तै, म्याग्दीको बेनी, जुम्ला खलंगा, सन्धीखर्कलगायतका ठाउँका युद्धमोर्चामा पनि उनी घाइते भएका हुन् । अहिले पनि बुढाको टाउको र शरीरमा बमका छर्रा ननिकालिएकै अवस्थामा छन् ।

 

 

डाक्टरले निकालेपछि समस्या पर्ने भनेपछि बुढा बमको छर्रासँगै बाँचिरहेका छन् । माओवादीभित्र आदर्श छापामार कमाण्डर मानिने बुढाकै नेतृत्वमा तत्कालीन माओवादी सेनाले पश्चिम नेपालमा विभिन्न सफल आक्रमणहरु गरेको थियो ।

 

 

सामान्य जीवनशैली, सरल भाषाशैली र दृढ इच्छाशक्ति भएका नेताका रुपमा उनलाई माओवादीभित्र चिन्ने गरिन्छ । कार्यकर्तामाझ उनी आफ्नो यही स्वभावका कारण प्रिय छन् । कतै अवसर नपाएका युद्ध कमाण्डरलाई पार्टीले यस पटक राष्ट्रियभामा टिकट दिएपछि पूर्व लडाकू तथा त्यस क्षेत्रका कार्यकर्तामा खुशीयाली छाएको थियो ।

 

 

उनी माओवादीको पहिलो लडाकू दस्ताका रुपमा चिनिने स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिग्रेड हुँदै डिभिजन सहायक कमाण्डरसम्म पुग्ने निकै कम लडाकू कमाण्डरहरुमध्येमा पर्छन् ।