अमेरिकामा सी-बाइडेन भेटवार्ता : सैन्य सञ्चार पुनर्स्थापना गर्ने सहमति

अमेरिकामा सी-बाइडेन भेटवार्ता : सैन्य सञ्चार पुनर्स्थापना गर्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित ऐतिहासिक फिलोली इस्टेटमा महत्वपूर्ण भेटवार्ता भएको छ ।

एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनका अवसरमा दुई देशका राष्ट्रप्रमुखबीच भएको यो वार्तालापबाट विगत केही महिनादेखि चलिरहेको तनाव कम हुने भएकाले महत्वपूर्ण मानिएको छ ।

शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपति बाइडेनले करिब २० मिनेटसम्म चलेको पत्रकार सम्मेलनमा धेरै कुरा भनेका थिए । उनले अमेरिका र चीनबीचको सैन्य सञ्चार पुनः सुचारु हुने बताए । उनले आफू र सी चिनफिङले थप प्रत्यक्ष सञ्चारलाई कायम राख्ने बताए। अमेरिकामा फेन्टानिल उत्पादनको प्रवाहलाई समाधान गर्न दुवै देशले पहल सुरु गरेको पनि बताए ।

भेटमा युक्रेन र पश्चिम एसियामा जारी युद्धका बारेमा पनि छलफल भएको थियो । बाइडेनले यी मुद्दाहरूमा उठेका प्रश्नहरूको जवाफ दिएका छन्।

जे होस्, जो बाइडेनले दुई देशबीचको ‘प्रतिस्पर्धा’ ‘द्वन्द्वमा परिणत हुन नदिन’ भन्दै दुई देशबीचको यो सम्मेलन सुरु गरेका थिए । उनले भने, “म यो वार्तालापको कदर गर्छु किनभने मलाई लाग्छ कि तपाई र मैले एकअर्कालाई गलतफहमी बिना राम्रोसँग बुझ्नु सबैभन्दा महत्त्वपूर्ण छ।”

सी जिनपिङले एकअर्कालाई पिठ्युँ फर्काउनुको विकल्प नभएको बताए। उनले भने, “दुवै देशको सफलताका लागि विश्व नै ठूलो छ र एउटा देशको सफलता अर्कोको लागि अवसर हो। द्वन्द्वले दुवै देशका लागि धेरै असहनीय परिणामहरू निम्त्याउँछ।”