कोशीटप्पु पुगे प्रधानसेनापति क्षत्री

कोशीटप्पु पुगे प्रधानसेनापति क्षत्री


काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री सुनसरी पुगेका छन्।

 

 

उनले शनिबार पूर्वी पृतना हेड क्वार्टर अन्तर्गत सुनसरीको कोशीटप्पुस्थित शत्रुभञ्जन गुल्म, ईलामस्थित पशुपति प्रसाद गण र इटहरीस्थित गौरीबक्स गुल्मको भ्रमण गरेका हुन्।

 

 

क्षत्रीले उक्त गण तथा गुल्महरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

 

 

प्रधानसेनापति क्षत्री आइतबार ईटहरीस्थित श्री नम्बर १ राजदल गण, सिराहा जिल्लाको चोहर्वास्थित नम्बर २७ बाहिनी अड्डा र बारा जिल्लाको जितपुरस्थित नम्बर २८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्ने जनाइएको छ। उनी आइतबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।