माघमा नयाँ सरकार, फागुनमा पार्टी एकता : नारायणकाजी

माघमा नयाँ सरकार, फागुनमा पार्टी एकता : नारायणकाजी


गोरखा– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता सरकार गठन पश्चात मात्र गठन हुने बताएका छन्।

 

नेता श्रेष्ठले नयाँवामपन्थीहरूको नयाँ सरकार माघमा बनाइने र फागुनमा पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिएका हुन्।

 

‘सकेसम्म माघमा सरकार गठन हुन्छ, एमाले र माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता भइसक्छ,’ श्रेष्ठले शनिबार गोरखामा भने।

 

सकेसम्म सरकार गठन हुनुपूर्व नै पार्टी एकता गरिसक्ने गरी गृहकार्य गरिएको श्रेष्ठको भनाइ छ।