२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि…

२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि…


काठमाण्डु- रूकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। सोमवार बिहान चौरजहारीबाट खलंगा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका ८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार गाडी सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको थियो। जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएका छन्। प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।

घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ । गाडीमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको जनाइएको छ ।