राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई सोमबार चुनाव चिह्न

राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई सोमबार चुनाव चिह्न


काठमाडौं– माघ २४ गते तय भएको राष्ट्रियसभा निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन आयोगले सोमबार चुनाव चिह्न प्रदान गर्ने भएको छ।

 

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ, सोही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ।

 

राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले आइतबार दिउँसो २ बजेभित्र उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

 

 

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ को विराटनगर, २ को जनकपुरधाम, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को दिपायलमा निर्वाचन केन्द्र तोकिएको छ।