वाम गठबन्धनका थापाको उम्मेदवारी खारेज

वाम गठबन्धनका थापाको उम्मेदवारी खारेज


काठमाडौं– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धनबाट उम्मेदवार बनेका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ।

 

निर्वाचन आयोगले एमाले नेता रामबहादुर थापाको उम्मेदवारी खारेज गरिदिएको हो।

 

उनले प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए।

 

 

तर, नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको भन्दै कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दिएका थिए।
आयोगले शनिबार थापाको उम्मेदवारी खारेज गरेको छ।

 

उनले २०६२ मै अपाङ्गताको परिचयपत्र लिएको तर , नयाँ निर्देशिका अनुसार नयाँ परिचयपत्र नबनाएको बताइएको छ।

 

यससँगै कांग्रेस उम्मेदवार पन्थ राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।