अरुण तेस्रोमा एभरेष्ट बैंकले तीन अर्ब ६० करोड लगानी गर्ने

अरुण तेस्रोमा एभरेष्ट बैंकले तीन अर्ब ६० करोड लगानी गर्ने


काठमाडौं–९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा एभरेष्ट बैंकले ३ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

 

 

ऋण लगानीका लागि एभरेष्ट र आयोजनाको प्रवद्र्धक एसजेविएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच सम्झौता भएको हो।

 

एसजेवीएनका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माका अनुसार एभरेष्टले संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको १६८ किलोमिटर लामो प्रसारणलाइन बनाउन ऋण लगानी गर्नेछ।

 

उक्त प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसँगग पनि ८ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको थियो।

 

नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड रुपैयाँ ब्रिजलोन लिने तयारी भएको उनले बताए। यसका लागि नेपाली बैंकसंग प्रस्ताव मागिसकेको छ ।

 

आयोजना प्रभावित स्थानीयलाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने जनाइएको छ।

 

निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ ।

आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। सन् २०२२ को सेप्टेम्वरमा आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ।