खाद्यले बेच्न थाल्याे खसीबाेका, यस्ताे छ मुल्य सूची

खाद्यले बेच्न थाल्याे खसीबाेका, यस्ताे छ मुल्य सूची


काठमाडौं – नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबाेका तथा च्याङग्रा विक्रीकाे तयारी थालेकाे छ । संस्थानले शुक्रबारदेखि खसीबाेका तथा च्याङग्रा बिक्रीकाे तयारी थालेकाे हाे ।

संस्थानले काठमाडाैंकाे थापाथलीस्थित गाेदामबाट विक्री गरिने जानकारी दिएकाे छ ।

काठमाडाैंमा जिउँदाे खसीकाेकाे मुल्य ५ सय १० रूपैयाँ प्रतिकेजी र च्याङग्राको ७ सय १० रूपैयाँ प्रतिकेजीका दरले विक्री मुल्य ताेकेकाे छ ।

संस्थानका प्रवक्ता संकर सापकाेटाले खसीबाेका तथा च्याङग्राको मुल्य बजार मुल्य भन्दा सस्ताे हुने बताए । उनले खसीबाेका तथा च्याङग्राको खरिद लागत, ढुवानी लागत लगायतका मुल्य जाेडेर न्युनतम मुल्य निर्धारणा गरिएकाे बताए ।

हाल स्थानीय जिउँदाे खसीकाे मुल्य प्रतिकेजी ५ सय ३० रूपैयाँ रहेकाे छ । त्यस्तै भारतबाट अायात भएका खसीकाे मुल्य प्रतिकेजी प्रितकेजी ५ सय ४५ रूपैयाँका दरले रहेकाे छ ।

संस्थानले दशैका लागि मकवानपुरकाे हेटाैडा र दाङबाट १ हजार खसी र मुस्ताङबाट १ हजार च्याङग्रा काठमाडौं ल्याएको जानकारी दिएकाे छ ।