प्रहरीकै एआईजीले गृहमन्त्री शर्मालाई कान चिरेका जोगी भनेपछि गृहमन्त्रालयमा हंगामा

प्रहरीकै एआईजीले गृहमन्त्री शर्मालाई कान चिरेका जोगी भनेपछि गृहमन्त्रालयमा हंगामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका अवकासप्राप्त एआईजी राजेन्द्रसिंह भण्डारीले गृहमन्त्री जनार्दन शर्माको चर्को आलोचना गरेका छन् । नेपाल प्रहरीमा एआईजी,डिआईजी र एसएसपी बढुवामा वरियता र कार्यक्षमताको मुल्याकंन नभएको भन्दै गृहमन्त्री शर्माको चर्को आलोचना भइरहेको वेला भण्डारीको उक्त भनाई आएको हो ।

नेपाल प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनीने भण्डारीले सामाजिक संजालमा गृहमन्त्री शर्माप्रतिको आफ्नो धारणा परिवर्तन भएको बताएका छन् ।  भण्डारीले आफ्नो फेसवुक पेजमा यस्तो लेखेका छन् – “आसाले भरिएका गृहमन्त्रीको प्रत्यक्ष  निरिक्षणमा धेरै प्रहरी अधिकृतहरुले विवेकपुर्ण बढुवा हुने आशा गरेको थिए तर भइदियो अर्कै । उहाप्रतिको मेरो  दृष्टिकोण नै बदलियो । आखिर जुन जोगी आए नि कानै चिरेका । ”

प्रहरी महानिरीक्षक प्रकाश अर्याल र गृहसचिव लोकदर्शन रेग्मीले बढुवामा आफु निकटकालाई मात्र प्राथमिकता दिएको र मन्त्री शर्मा पनि त्यसमा कुनै हस्तक्षेप गर्न नसकेको भन्दै संगठन भित्र र वाहिर उनको चर्को आलोचना सुरु भएको छ ।

नेपाल प्रहरीको बढुवामा महानिरीक्षक अर्याल र गृहसचिव रेग्मीले विभागीय कार्वाहीका लागी सिफारीस भएका डिएसपी संजिव शर्मालाई एसपीमा बढुवा सिफारीस गरेका थिए । शर्माको बढुवाको चर्को आलोचना भएपनि उनलाई गृहमन्त्रीले निलम्वन गर्न निर्देशन दिएका थिए । त्यसैगरी गृहमन्त्रीकै पहलमा ११ जना एआईजीको दरवन्दी थप भएको थियो भने थप दुई जनाको दरवन्दी थप्ने तयारीमा उनि लागेका छन् । दरवन्दी थप्ने मन्त्री शर्माको निर्णयको पनि चर्को विरोध भएको छ ।

वरियता र कार्यक्षमतामा अघि रहेका डिआईजी हेमन्त पाल,मधु पुडासैनी र पंकज श्रेष्ठ अघि भएपनि गृहमन्त्री शर्माले राजनीतिक दवावमा वरियतामा १८ नम्वरमा रहेका र कार्यदक्षताका हिसावले पनि खराव रेकर्ड भएका डिआईजी विजयराज भट्टलाई एआईजी बढुवामा सिफारीस गरेपछि शर्माको चर्को आलोचना सुरु भएको छ ।
वरियतामा सात नम्वरमा रहेका पुडासैनीले आफुलाई अन्याय परेको भन्दै लोकसेवा आयोगमा उजुरी गरीसकेका छन् ।