काठमाण्डु- पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशले ५ रनले पराजित गरेको छ ।
लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा समेटिएको हो । गण्डकीका लागि सुदीप अर्यालले विष्फोटक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।
अर्यालले २४ बलमा ३५ रनको उत्कृष्ट पारी खेले । गण्डकीका कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका मुहम्मद हुसेनले ४ र अजय लुनियाले ३ विकेट लिए । रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए ।
प्रतिक्रिया