नवरात्रिको आज तेश्रो दिनः माता भगवती चन्द्रघण्टाको पूजाआजा गरिदैं

नवरात्रिको आज तेश्रो दिनः माता भगवती चन्द्रघण्टाको पूजाआजा गरिदैं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिन्दूहरुको महान पर्व बडादशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरि मनाइदैछ ।

देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानैदेखि भीड लागेको छ । राजधानीका गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगञ्जको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा भइरहेको छ ।

आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ति तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् ।