रौतहटबाट स्वचालित पेस्तोलसहित ६ जना पक्राउ

रौतहटबाट स्वचालित पेस्तोलसहित ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रौतहटको परोह नगरपालिकाबाट प्रहरीले स्वचालित पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको छ।

परोह नगरपालिका–८ स्थित सडकबाट १ थान स्वचालित पेस्तोल सहित धनुषा फुलबारी गाउँपालिका–१ बस्ने ३१ वर्षीय रोहित साह, काभ्रे टिमाल बस्ने २५ वर्षीय मनोक तमाङ, भारत बिहार मोतिहारी गोकुल बस्ने २३ वर्षीय कमल साह, भारत बिहार घोडासान श्रीपुर बस्नेहरु ३३ वर्षीय राकेश पासवान, २८ वर्षीय सञ्जीव पासवान र २७ वर्षीय अवधेश कुमार चौरसिया रहेका छन्।

परोह नगरपालिका–८ स्थित सडकमा बिहीबार प्रहरीले चेकजाँच गर्ने क्रममा रोहितले १ थान स्वचालित पेस्तोल आफू बसेको नजिक फालेपछि उक्त पेस्तोल तथा उनीहरु सवार ३ वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएका छन् ।