खाद्य संस्थानले सुरु गर्‍याे दसैंका लागि खसीबोका बिक्री सुरु

खाद्य संस्थानले सुरु गर्‍याे दसैंका लागि खसीबोका बिक्री सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित धान गोदामबाट खसी, बोका तथा च्यांग्रा दसैंका लागी शशुक्रबारदेखि बिक्री वितरण सुरु गरेको छ ।

संस्थानका अनुसार बिहीबार साँझसम्म १८० खसीबोका तथा चार सय च्यांग्रा काठमाडौं ल्याइसकिएको जनाएको छ । मुस्ताङबाट एक हजार च्यांग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९०० च्यांग्रा ल्याइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिएका छन्।

दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको महानिर्देशक गौचनले बताए। दाङबाट खसीबोका ल्याउन नसकिएपछि मकवानपुर र पर्साबाट लक्ष्यभन्दा आधा करिब ५१० वटा खसी बोका मात्र खरिद गरिएको उनले बताए।

दसैंका बेला खसीबोका तथा च्यांग्राको कारोबार उच्च हुने गर्छ । व्यापारीले चर्को मूल्य लिएर खसीबोका तथा च्यांग्रा बिक्री गर्दा उपभोक्ता ठगिने गरेका छन्। बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गरिएको संस्थानले दाबी गरेको छ।