एनसेल प्रकरणमा गठबन्धन दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

एनसेल प्रकरणमा गठबन्धन दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर बिक्री प्रकरणमा सत्तारुढ गठबन्धनका नेताहरूसँग सरकारी निवास बालुवाटारमा बैठक थालेका छन् ।

एनसेलको लगानीकर्ता मलेसियाको आजियाटा कम्पनीले सरकारी निकायलाई थाहै नदिई शेयर बेचेर बाहिरिएको घटना सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा छलफल थालेका छन् ।

आजियाटाले ८० प्रतिशत शेयर बेचेर नेपालबाट बाहिरिने घोषणा गरेपछि घटना बाहिरिएको हो । प्रधानमन्त्री प्रचण्डले शेयर बिक्रीको वैधताबारे छानबिन गर्ने बताएका छन् ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायत सहभागी छन् ।