राष्ट्रियसभा निर्वाचनः प्रदेश २ मा सबै निर्विरोध

राष्ट्रियसभा निर्वाचनः प्रदेश २ मा सबै निर्विरोध


काठमाडौं– माघ २४ गते तय भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ बाट ८ जना उम्मेवार निर्विरोध भएका छन्।

 

संघीय समाजवादी पार्टीकाका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध चयन भएका हुन्।

 

यसअघि माघ १० गते ८ पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएकोमा ४ जना यसअघि नै विजयी भइसकेका थिए।

 

खुल्लामा मात्रै प्रतिस्पर्धा रहेकोमा संघीय समाजवादी पार्टीका उम्मेदवार मोहम्मद अख्तर हुसैनले आइतबार उम्मेदवारी फिर्ता लिएपछि सबैजना निर्विरोध भएका हुन्।

 

 

खुल्लामा राजपाबाट रमेश प्रसाद यादव, नेपाली कांग्रेसबाट जितेन्द्र नारायण देव, नेकपा एमालेबाट सुमनराज प्याकुरेलले र संघीय समाजवादी पार्टीबाट मोहम्मद अख्तर हुसैनले उम्मेदवारी दिएका थिए।

 

राजपाबाट अल्पसंख्यक कोटामा वृषेशचन्द्र लाल, नेपाली कांग्रेसकी मुक्ता यादव महिलाकोटामा, महिला कोटाबाटै माओवादी केन्द्रकी शशिकला दाहाल र संघीय समाजवादी फोरम नेपालबाट दलित कोटामा रामप्रित पासवान यसअघि निर्विरोध भइसकेका छन्।

औपचारिक घोषणा माघ २४ गते हुुनेछ।