संसद्को हिउँदे अधिवेशन बोलाउन सत्तारुढ दलसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल

संसद्को हिउँदे अधिवेशन बोलाउन सत्तारुढ दलसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे सत्तारुढ दलहरूसँग छलफल गरेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले हिउँदे अधिवेशनबारे छलफल गरेका छन् । यसअघि आईतबार प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले टीआरसी, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन लगायतका विधेयक चाँडो संसद्बाट अनुमोदन गराउनेबारे छलफल गरेका छन् । अधिवेशन बोलाएपछि सरकारले नै संसद्बाट बिजनेश दिनुपर्ने भएकाले अधिवेशनमा के विषय अगाडि बढाउने भन्नेबारे साझा धारणा बनाउन प्रधानमन्त्रीले सत्तारुढ दलसँग छलफल गरेका जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले पुसको पहिलो वा दोस्रो हप्तामा संसद् अधिवेशन बोलाउने तयारी गरेका जनाइएको छ ।