नेप्से परिसूचकमा उछाल, ३६.८६ अंकले बढ्यो

नेप्से परिसूचकमा उछाल, ३६.८६ अंकले बढ्यो


काठमाण्डु – शेयर कारोबार मापक नेप्से परिसूचक आज मंगलबार ३६.८६ अंकले बढेको छ ।

यससँगै नेप्से परिसूचक १ हजार ९८५.४४ अंकमा उक्लिएको छ । नेप्से सोमबार १५ अंकले घटेर बन्द भएको थियो ।

मंगलबार शेयर बजारमा ४ अर्ब ३० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएकामध्ये २१४ कम्पनीको शेयर मूल्य बढेको छ भने २४ कम्पनीको मूल्य घटेको र ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।