नेप्से परिसूचक २.६ अंकले बढ्यो

नेप्से परिसूचक २.६ अंकले बढ्यो


काठमाण्डु – सेयर बजार नेप्से परिसूचक आज बुधबार २.६ अंकले बढेको छ ।

बुधबार नेप्से बन्द हुँदा १ हजार ९८८ अंक कायम भएको छ ।

नेप्से बढ्दा कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ३० करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा आज बुधबार ३ अर्ब ९० करोडमा खुम्चिएको छ ।

बुधबार कूल १३४ कम्पनीको मूल्य बढ्दा १०० कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

विकास बैंक समूह सबैभन्दा धेरै १.१ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६ प्रतिशत घटेको छ । बुधबार बैंकिङ ४, विकास बैंक ४४, फाइनान्स ६, जलविद्युत् ९, उत्पादन ४२, माइक्रोफाइनान्स २९, अन्य ५ अंक बढेको छ । निर्जीवन बीमा १४४, व्यापार २, जीवन बीमा १२९, निर्जीवन बीमा १४४ र होटल तथा पर्यटन उपसमूह ८९ अंक घटेको छ ।