कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण : प्रम ओली

कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण : प्रम ओली


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

अनिल पौडेलले लेखेकाे पुस्तक इमानको इन्द्रेनीको शनिबार प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकार,निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताए। ‘हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामीले इजरायलबाट सिक्न सक्छौं । जहाँ दुई प्रतिशत जनसंख्याले देशलाई खान पु¥याएर अन्नको निर्यात पनि गर्ने गरेको छ।’

सहकारी अभियन्ता तथा नेकपाका नेता केशव वडालको जीवनमा आधारित उक्त पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले वडालको जीवन नै सहकारीमा होमिएको बताए। ‘नेपालको सहकारी आन्दोलनमा वडालजीको योगदान अतुलनीय छ । पार्टीका हरेक बैठकमा उनले सहकारीका एजेण्डा अघि सार्ने र त्यसको महत्व पार्टीका सबै नेताहरुलाई समेत बुझाउने गर्नु भएको छ,’ प्रधानमन्त्री ओलीले भने।

मानिसलाई मरेपछि मात्र प्रशंसा गर्ने चलनको अन्त्य गर्दै जीवित छंदै प्रशंसा गरेर पुस्तक लेखेकोमा प्रधानमन्त्री ओलीेले लेखक पौडेललाई धन्यवाद दिए। ‘त्यस्ता मान्छेको जीवित छंदै प्रशंसा गरिन्छ जसले बाँकी जीवनमा पनि गलत गर्दैनन् भन्ने निश्चित हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘वडालजी त्यस्ता थोरै मध्येका एकजना पात्र हुनुहुन्छ । जसको जीवनकाल मै प्रशंशा भएको छ ।’