नेप्से परिसूचक ४५.९८ अंकले बढ्यो

नेप्से परिसूचक ४५.९८ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज मंगलबार ४५.९८ अंकले बढेको छ ।

बढेको नेप्से २ हजार १०६.४८ विन्दुमा पुगेको छ ।

यसअघि हप्ताको पहिलो कारोबार दिन आईतबार नेप्से २८ अंक र दोस्रो दिन सोमबार ३८.१४ अंकले बढेको थियो ।

सेन्सेटिभ इन्डेक्स ७.०५ अंकले बढेर ३९७.६९ बिन्दुमा कायम भएको जनाइएको छ ।

सोमबार ३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँमा खरिदबिक्री भएका छन् । सोमबार ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँको शेयर कारोबार भएको थियो ।

मंगलबार बोटलर्स नेपाल, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, उन्नति सहकारी लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, मिड सोल हाइड्रोपावर, सोनापुर मिनरल्स लगायत ११ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथका लगानीकर्ताले गुमाएका छन् । सिद्धार्थ कम्पनीको शेयर ७.२७ प्रतिशतले घट्दा माथिल्लो मैलुङ खोला जलविद्युत्को ४.९०, प्रभु बैंक डिवेन्चर २०८७ को ३.८३, सानिमा डिवेन्चर २०८७ को ३.७८ र पिपुल्स पावरको ३.१९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मंगलबार १३ वटै उपसमूहका सूचकमा हरियाली छाएको छ । होटल्स एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक ६.९४ प्रतिशतले बढेको छ ।