नेप्से परिसूचक ३५.३९ अंकले बढ्यो

नेप्से परिसूचक ३५.३९ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज बुधबार ३५.३९ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.६८ प्रतिशतले उकालो लागेर नेप्से २१४१.८७ अंकमा पुगेको छ ।

बुधबार ३०६ कम्पनीका १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजार १७६.१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार विभिन्न १५ कम्पनीका शेयरधनीले ९ प्रतिशत बढी नाफा कमाएका छन् । बोटलर्स नेपाल (बालाजु) लिमिटेडसहित ११ कम्पनीको शेयरमूल्य १०–१० प्रतिशतले बढेको छ ।

कुमारी धनबृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी ३.८२ प्रतिशतले घाटा व्यहोरेका छन् । शिवम् सिमेन्टको शेयर ३७ करोड ३४ लाख ९७ हजार २६८.७० रुपैयाँ बराबरको कारोबार भएको छ ।

चालू हप्ताको पहिलो दिनदेखि नै नेप्से लगातार बढिरहेको छ ।