काठमाण्डु – भिजा इन्टरनेसनलले कुमारी बैंंकलाई ‘एक्सलेन्स इन कस्टमर कार्ड–क्रेडिट’ अवार्ड प्रदान गरेको छ ।
मंगलबार भिजा इन्टरनेसनलद्वारा आयोजित लिडरशिप कन्क्लेभ नेपाल, २०२३ सम्मेलनमा कुमारी बैंकलाई अवार्ड प्रदान गरिएको छ ।
स्थापनाकालदेखि नै बैंकिङ सेवासुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
देशव्यापी ३०९ शाखा सञ्जाल, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाई तथा ४९ विस्तारित काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवासुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया