शेयर बजार दोहोरो अंकले घट्यो

शेयर बजार दोहोरो अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज बिहीबार दोहोरो अंकले घटेको छ ।

लगातार ७ दिनसम्म बढेको शेयर बजार नेप्से आज ३२ दशमलव ७७ अंकले घटेर २ हजार १०९ दशमलव १० बिन्दुमा झरेको छ ।

बिहीबार व्यापार र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको शेयर ओरालो लागेको छ । समग्रमा बजार घटे पनि १० वटा कम्पनीको शेयर बढेर सकारात्मक सर्किट लागेको छ ।

बिहीबार सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर झण्डै ८ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर ७ प्रतिशतले घटेको छ ।

बजारसँगै बिहीबार कारोबार रकममा पनि घटेको छ । बुधवार ७ अर्ब रुपैयाँको कारोबार भएकोमा आज १ करोड ७१ लाख कित्ता शेयर ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको जनाइएको छ ।